६ जेष्ठ २०८१, आईतवार
Follow Us

भिर्नि झोलाका गायक कृष्ण अखेली र तुलसा क्षेत्रीले बेलायतमा प्रस्तुती दिने

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७९, बुधबार ०७:१२

लण्डन । पछिल्लो समयमा निकै लोकप्रिय गित भिर्नी झोलाका गायक कृष्ण अखेलीले बेलायतमा प्रस्तुती दिने भएका छन् ।

शिव सांस्कृतिक तथा सामुदायिक केन्द्र युकेले यहि अप्रिल २४ तारिखको दिन आयोजना गर्न लागेको उक्त कार्यक्रमको लागि गायक अखेली युके आउन लागेका हुन् ।उनको साथमा गायिका तुलसा क्षेत्री पनि लण्डन आउदैछन ।

नेपाली नयाँ बर्षको अबसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गायक अखेलिले आफ्ना दर्जनौं गितहरु प्रस्तुत गरेर युकेमा रहेका नेपालिहरु लाई नचाउने गरि कार्यक्रमको सम्पुर्ण तयारी पूरा भयको आयोजक संस्थाले जनाएको छ।

गायक अखेलिको भिर्नी झोला गितलाई त्यहाँ रहेका नेपालीहरुले अत्याधिक मन पराएको र उक्त कार्यक्रममा सबैले भेट्ने र नाच्ने चाहना राखेको हुदाँ उनलाई त्यहाँ स्वागत गर्नको लागि आयोजक र नेपालीहरु तयार रहेको आयोजकले जनाएको छ ।